Friday, June 26, 2026
spot_img

राष्ट्रिय वाणिज्य बैंकको बिजनेश मिट सम्पन्न

spot_img
spot_img

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले Business Meet 2082 सम्पन्न गरेको छ । बैंकले आफ्ना देशभरका कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने ६७ वटा शाखा कार्यालयहरुको Business Meet 2082 गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको हो।

बैंक संचालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिकाहरु सम्बन्धमा बृहत अन्तक्रिया गरिएको थियो । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाहरुद्वारा सम्भावित ग्राहकहरुको अवस्था सहित आ-आफ्‌ना कार्ययोजना पेश गरिएको थियो ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्षले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्नुपर्ने र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउनुपर्ने निर्देशन दिए । सरकारी बैंकको रुपमा हामी माथी हेर्ने दृष्टीकोणमा थप सकारात्मक बनाउनुपर्ने साथै सेवा प्रवाह चुस्त दुरुस्त गर्नुपर्ने निर्देशन दिए ।

कार्यक्रममा बैंकका संचालक समिति सदस्य हरि कुमार सिलवालले हाल बैंकको मानव संसाधन युवा र उर्जावान रहेको धारणा व्यक्त गर्नुहुँदै यसलाई व्यवसाय विस्तारको अवसरमा बदल्न निर्देशन दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल बैंकमा रहेको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रुपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा आफ्‌ना निर्देशनात्मक भनाइहरु राखेका थिए । हाल बैंकले कर्जाको गुणस्तरीयता तर्फ विशेष ध्यान दिइरहेको भनाइ व्यक्त गर्दो उनले शाखा प्रबन्धकहरुलाई कर्जा बिस्तार लक्ष्य अनुरुप गर्न र सेवाग्राहीप्रति गरिने व्यवहार, बोली वचन सकारात्मक बनाई सेवा प्रवाहमा गुनासो आउन नदिने वातावरण सृजना गर्न समेत निर्देशन दिए । गुणस्तरीय कर्जा विस्तारमा शाखा, प्रदेश तथा केन्द्रीय कार्यलयमा रहेका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा बैंकले विशेष जोड दिने स्पष्ट पारे ।

उक्त Business Meet कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएका थिए भने औपचारिक कार्यक्रमको संचालन विभागीय प्रमुख आनन्द सुवेदीले गरेका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु  विनय रमण पौडेल,  दुर्गा कुमारी कडेल र  राम कुमार थापा, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img