एन आई सी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउन होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
ग्राहकहरुले होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबईल बैंक (MoBank)
एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।









