नबिल एसएसई: ‘इम्प्याक्टफूल सीएसआर’, जहाँबाट जन्मिदैछन् उद्यमी

spot_img
spot_img

बैंक तथा वित्तीय संस्थाहरु आफ्नो सामाजिक उत्तरदायित्व बहनमा अन्य क्षेत्रभन्दा अगाडी देखिन्छन् । विद्यालयहरुमा कम्प्युटर र विद्यार्थीलाई पोशाक वितरण गर्ने, मठ मन्दिरको संरक्षण गर्ने, सडक आसपास फोहोर संकलनका लागि डस्टबिन राख्ने, वृक्षारोपण गर्ने जस्ता कामहरु वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिरहेका हुन्छन् ।

तर, यी परम्परागत काम भन्दा फरक र भविष्यमा नतिजा देखिने खालको काम गर्नुपर्छ भनेर नबिल बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्तर्गत ‘नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अभियान चलाइरहेको छ । २०२१ को नोभेम्बरबाट सुरु भएको नबिल एसएसई फेलोसिप कार्यक्रम अहिले चौथो ब्याचसम्म आइपुगेको छ । नबिलका सिनियर डेपुटी सीईओ मनोज ज्ञवालीका अनुसार यो कार्यक्रम बैंकको निरन्तर चल्ने कार्यक्रम हो ।

के हो नबिल एसएसई ?

स–सानो पूँजी लगानी गरेर उद्यम र व्यवसाय गर्न सिकाउने कार्यक्रम नै ‘नबिल एसएसई’ कार्यक्रम हो । स्थानीय स्रोत साधनबाट उत्पादन विकास गरि त्यसको बजारीकरण गर्ने र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण लक्ष्यका साथ नबिलले यो कार्यक्रम अघि बढाएको हो ।

यसमा सहभागी हुन बैंकले आवेदन खुलाएको बेला आवेदन दिनुपर्छ । कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण र सूचना प्रविधि लगायतका क्षेत्रमा उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका १८ वर्ष माथिका व्यक्तिले आवेदन दिन पाउँछन् । आवेदन दिएकामध्ये छनोटमा परेकाले निशुल्क तालिम प्राप्त गर्छन् ।

यस कार्यक्रम अन्तर्गत २ थरी कोर्स छन् । फेलोसीप कोर्स ६ महिनाको हुन्छ भने सर्टिफिकेशन कोर्स ३ महिनाको हुन्छ । ‘सामाजिक उद्यमशीलताको विकास गर्ने लक्ष्यका साथ हामीले यो अभियान सुरु गरेका हौँ’ नबिल बैंकका सिनियर डेपुटी सीईओ ज्ञवाली भन्छन्, ‘सीएसआर (सामाजिक उत्तरदायित्व)को काम इम्प्याक्टफूल कसरी बनाउने भनेर छलफल गर्दा यो कन्सेप्ट आएको हो, बैंकले वर्षमा फेलोसीपका लागि अढाई करोड जति बजेट छुट्याएर अहिलेसम्म काम गरिरहेका छौँ । यो निकै प्रभावकारी देखिन थालेको छ ।’

धमाधम स्थापना हुन थाले उद्यम, अवार्डसमेत जित्न थाले

नबिल बैंकबाट नबिल एसएसई अन्तर्गत कोर्स पूरा गरेकाहरुलाई बैंकले नै ‘मेन्टर’ पनि उपलब्ध गराउँछ । काम सुरु गर्ने चरणमा मेन्टरबाट सहायता दिइन्छ, सिकाइन्छ । सिनियर डीसीईओ ज्ञवालीका अनुसार फेलोसीप अन्तर्गत हालसम्म ५६ जनाले कोर्स पूरा गरेका छन् । यिनीहरुमध्ये ४५ जनाले स–सानो पूँजीबाट उद्यम स्थापना गरिसकेका छन् । जसबाट १२ सय जनाले रोजगारी पाएका छन् ।

लप्सी क्याण्डी, गल्ली म्याप जस्ता स्टार्टअप प्रकृतिका उद्यम नबिल एसएसईका उपलब्धि हुन् । स्थापना भएका ४५ उद्यममध्ये ११ वटा उद्यमले राष्ट्रिय र ३ वटा उद्यमले अन्तर्राष्ट्रिय अवार्डसमेत जितिसकेका छन् ।

११ ठाउँबाट चलिरहेको सर्टिफिकेशन कोर्स भने हालसम्म ५१४ जनाले पूरा गरेका छन् । उनीहरु मध्येबाट ७२ वटा उद्यम स्थापना भइसकेका छन् ।

‘हामीले ठूलो लगानी लगाएर अहिले नै भयङ्कर ठूलो उद्योगी जन्माउन यो गरेका होइनौँ, अहिले दुइ लाख, पाँच लाख, १० लाख लगानी गरेर उहाँहरुले सुरु गर्नुभएको छ’ ज्ञवाली थप्छन्, ‘यसले स–सानो पूँजी पनि उत्पादनमा लाग्यो, रोजगारी पनि बढ्यो ।’

‘आइडियामा बल लगाउँदा नतिजा आउँदो रहेछ’

मान्छेहरुमा अनेक सोच हुन्छ । आइडिया हुन्छ, कन्सेप्ट हुन्छ । तर, उद्यम गर्न कन्सेप्ट मात्रै भएर पुग्दैन । आइडिया भएकाहरुलाई बैंकिङ, फाइनान्सिङ, अकाउण्टिङ र मार्केटिङ सिकाउँदा नतिजा देखिँदो रहेछ भन्ने प्रमाणित हुँदै गएको नबिल बैंकको अनुभव छ ।

‘आइडिया र कन्सेप्ट मात्रै भएर बिजनेश हुँदैन, त्यसमा प्रोडक्टशनदेखि बैंकिङ, फाइनान्सिङ, अकाउण्टिङ र मार्केटिङसम्मका कुरा मिसाउँदा मात्रै बल्ल एउटा बिजनेशको जन्म हुन्छ’ उनी भन्छन्, ‘अहिले हामीले गरिरहेको यहीँ हो, क्रमश: नतिजा देखिन थालेको छ । हामीले तत्काललाई हेरेर यो सुरु गरेका पनि होइनौँ, लङ–टर्ममा अझ राम्रो रिजल्ट आउँछ भन्ने संकेत देखिइसकेको छ ।’

देशमा उद्यमशीलता हराउँदै गएको, अवसर छैनन् भन्ने भाष्य निर्माण भइरहेको र युवाको विदेश पलायन बढ्दो क्रममा रहेका बेला अवसर देखाउँदै सुरु गरिएको नबिल एसएसई ‘इम्प्याक्टफूल सीएसआर’ कार्यक्रम भएको र यो भविष्यसम्म कायम रहने ज्ञवालीको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

सुख्खा पहिरो खसेर अवरुद्द भएको पृथ्वी राजमार्ग दुइतर्फी रुपमै...

तीन महिनामा ११ करोड ६८ लाखको तास आयात

तिहारको बेला तास खेल्ने प्राचीन चलन छ । तर,...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

लक्ष्मीपूजाको दिन साँझ ५८७.३० मेगावाट विद्युत् भारत निर्यात

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर...

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...