Monday, July 14, 2025

१० रुपैयाँको ३४ करोड वटा नोट छाप्दै राष्ट्र बैङ्क, १० वटाले मात्र आवेदन दिन पाउने

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । बैंकले १० रुपैयाँ दरको ३४० मिलियन वटा अर्थात् ३४ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको हो  ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो  । राष्ट्र बैंकले २०२४ सेप्टेम्बर १ तारिखसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको छ  । राष्ट्र बैंकले प्रस्ताव पेश गर्दा २ करोड २० लाख धरौटी राख्नु पर्ने जनाएको छ। सबै भन्दा कम मूल्य कबुल गर्नेलाई राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दिने छ  ।

यस टेण्डरमा यस अघि राष्ट्र बैंकले योग्य रहेको भनि सूची प्रकाशन १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन्  । राष्ट्र बैंकले नोट छाप्नको लागि निवेदन पेश गरेका मध्ये १० वटा कम्पनी मात्र योग्य रहेको भन्दै ति कम्पनीको सूची यस अघि नै सार्वजनिक गरेको थियो  ।  ति १० कम्पनीले मात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने छन्  ।

यी हुन् नोट छाप्न योग्य रहेका कम्पनी : 

1. Casa da Moeda do Brasil, Brazil

2. China Banknote Printing and Minting Corporation, China

3. Crane A.B., Sweden

4. De La Rue International Limited, United Kingdom

5. Giesecke+Devrient Currency Technology GmbH, Germany

6. Joint Stock Company “Goznak”, Russia

7. Korea Minting, Security Printing & ID Card Operating Corp., Korea

8. Oberthur Fiduciaire SAS, France

9. Orell Füssli Security Printing, Switzerland

10. Security Printing and Minting Corporation of India Limited, India

spot_img
spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img