Monday, July 27, 2026
spot_img

१० रुपैयाँको ३४ करोड वटा नोट छाप्दै राष्ट्र बैङ्क, १० वटाले मात्र आवेदन दिन पाउने

spot_img

नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । बैंकले १० रुपैयाँ दरको ३४० मिलियन वटा अर्थात् ३४ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको हो  ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो  । राष्ट्र बैंकले २०२४ सेप्टेम्बर १ तारिखसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको छ  । राष्ट्र बैंकले प्रस्ताव पेश गर्दा २ करोड २० लाख धरौटी राख्नु पर्ने जनाएको छ। सबै भन्दा कम मूल्य कबुल गर्नेलाई राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दिने छ  ।

यस टेण्डरमा यस अघि राष्ट्र बैंकले योग्य रहेको भनि सूची प्रकाशन १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन्  । राष्ट्र बैंकले नोट छाप्नको लागि निवेदन पेश गरेका मध्ये १० वटा कम्पनी मात्र योग्य रहेको भन्दै ति कम्पनीको सूची यस अघि नै सार्वजनिक गरेको थियो  ।  ति १० कम्पनीले मात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने छन्  ।

यी हुन् नोट छाप्न योग्य रहेका कम्पनी : 

1. Casa da Moeda do Brasil, Brazil

2. China Banknote Printing and Minting Corporation, China

3. Crane A.B., Sweden

4. De La Rue International Limited, United Kingdom

5. Giesecke+Devrient Currency Technology GmbH, Germany

6. Joint Stock Company “Goznak”, Russia

7. Korea Minting, Security Printing & ID Card Operating Corp., Korea

8. Oberthur Fiduciaire SAS, France

9. Orell Füssli Security Printing, Switzerland

10. Security Printing and Minting Corporation of India Limited, India

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img