Thursday, June 25, 2026
spot_img

वित्तीय क्षेत्रका ४ संस्थाको संयुक्त माग ‘बैंकका स्टाफमाथि दुर्व्यवहार गर्नेलाई कारवाही होस्’

spot_img
spot_img

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका ४ वटा संगठनले संयुक्त रुपमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा  ज्योति विकास बैंक लिमिटेडको कर्मचारीहरूमाथि भएको आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको सदस्य बैंक, ज्योति विकास बैंक लिमिटेडको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा परामर्श गर्न भनी छलफलमा बोलाई ज्योति विकास बैंक लि. क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरुलाई मिति २०८२।०८।२४ मा ऋणी प्रा.लि.का संचालकहरु तथा निजका सहयोगीहरुले आफ्नो नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार गर्दैे आक्रमण गरेकोेमा संघहरुले हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेको संघहरुले उल्लेख गरेका छन् ।

संघहरुले भनेका छन् ‘कर्जा असुली गर्नु बैंकको जिम्मेवारी हो र बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको निक्षेपकर्ताको बचत सुरक्षित गर्नु हो । सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा बैंकका कर्मचारीहरूले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय हो । यस प्रकारको घटनाले बैंकिङ्ग सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकाय तथा ऐन–कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत बाधा पु¥याई चुनौती दिएको छ ।’

बैंक तथा वित्तीय संस्थाहरूले नियमानुसार अपनाएको असुली प्रक्रिया तथा धितो लिलामी लगायतका विषयमा असहमति भएमा गुनासो गर्ने, अदालती प्रक्रियामा जाने लगायतका कानुनी प्रक्रिया हुँदा हुँदै कानुनलाई नै आफ्नै हातमा लिई अराजक गतिविधिमा संलग्न भई गरिएको यस्ता आपराधिक कार्यहरूको संघहरुले घोर निन्दा गरेका छन्। बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीको लागि ऋणसँग संवादका लागि जाँदा सुनियोजित रुपमा कर्मचारीहरुको ज्यानै लिने मनसायले गरिएको यस्तो आपराधिक कार्यको संघहरुले घोर भत्र्सना गरेका छन्।

यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरुको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति संघहरुले  सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएका छन्। साथै यस सम्बन्धी सूचना प्राप्त हुनासाथ सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडी बढाउनु पर्नेमा यो विज्ञप्ती निकालुन्जेल सम्म पनि जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भिर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरुलाई कानूनी दायरमा ल्याउन संघहरुले माग गरेका छन्।

साथै भविष्यमा यस्ता अपराधिक कार्यहरु दोहोरिन नदिने वातावरणको सुनिश्चित्ता गरी यस्ता घटनाको कुनै पनि माध्यमबाट सूचना प्राप्त हुनासाथ सम्बन्धित पक्षकोे जाहेरी नआएता पनि अपराधीहरुलाई कानूनी दायरामा ल्याई तत्काल सम्बन्धित सरकारी निकायले तदारुकताका साथ कारवाही गर्न समेत संघहरुले माग गरेका छन्।

साथै, बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधिहरूलाई निरुत्साहित गर्दै सजग र जिम्मेवार रहन सम्पूर्ण जनमानसमा संघहरुले अनुरोध गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img