Thursday, June 25, 2026
spot_img

अराजकता नरोकिँदा फेरि बैंकिङ क्षेत्रमाथि खुला आक्रमण, शिकार बन्यो ज्योति विकास बैंक

spot_img
spot_img

मंसिर २५ गते ज्योति विकास बैंकको रुपनी शाखा (सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका–७)का कर्मचारीहरुमाथि ऋणी र ऋणीका परिवारले गम्भीर दुव्र्यवहार गरे । ज्योति विकास बैंकबाट एसएमई लोन लिएको सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फार्मले ऋणको साँवा र ब्याज भूक्तानी नगरेको ११८ दिन पुगेको थियो । त्यहीँ विषयमा छलफल गर्न र कर्जा नियमित गराउन जाँदा बैंकका २ कर्मचारीहरुमाथि कुटपिट गरियो, कालोमोसो दलियो र जुत्ताको माला लगाइयो ।

यति मात्रै होइन, ति कर्मचारीहरुको मोबाइल समेत खोसेर कहीँ कतै सम्पर्क गर्न समेत दिइएन । अझ गम्भीर विषय के हो भने यस घटनामा सप्तकोशी नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी नै संलग्न थिइन् । सार्वजनिक भएको भिडियोमा उपमेयर चौधरीले गालीगलौज गरेको प्रष्ट सुन्न र देख्न सकिन्छ ।

मोबाइलसमेत खोसिएपछि कर्मचारीहरुले कतै सम्पर्क गर्न सक्ने कुरा भएन । यसपछि ऋणी सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फार्मका सञ्चालक र उनका परिवारले बैंकका कर्मचारीहरुलाई ‘तिमीहरु यहाँबाट ज्यूँदै फर्किने हो भने लिलाम स्थगनको पत्र देउ’ भनेर धम्क्याएको र यसका लागि आफूहरुले माथिल्लो तहमा सम्पर्क गर्नुपर्छ भनेपछि बल्ल उनीहरुलाई मोबाइल दिइयो ।

मोबाइल पाएपछि कर्मचारीहरुले शाखा र केन्द्रीय कार्यालयमा सम्पर्क गरे । ‘साथीहरुले सम्पर्क गरेपछि उहाँहरुलाई सकुशल फिर्ता ल्याउनका लागि हामीले तत्कालै पत्र पठायौँ’ ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बरालले भने, ‘तर, साथीहरु लिलाम गराउन जानु भएको थिएन । उहाँहरु कर्जा नियमित कसरी गराउन सकिन्छ भनेर उहाँहरुसँगै छलफल गर्न जानु भएको थियो ।’

घटनाबारे स्थानीयले मेयर कृष्णप्रसाद ढकाललाई सम्पर्क गरेर जानकारी गराए र बोलाए । उनी आएर विवादको विषय बुझे । त्यसपछि उपमेयर चौधरीलाई ‘विषय नबुझी भिडियोसमेत खिच्न लगाएर बैंकका कर्मचारीमाथि दुव्र्यवहार गरेर तपाईले ठिक गर्नुभएन । भिडियो सार्वजनिक भयो भने नगरपालिकाकै बद्नाम हुन्छ’ भनेर मेयर ढकालले झपारे । मेयरले यस्तो भनेपछि उपमेयर चौधरी झस्किइन् । त्यसपछि बल्ल ‘सामान्य बाझाबाझको स्थिति मात्रै हो’ भनेर मिलापत्र गर्ने भनियो । ‘सकुशल फिर्ता हुनका लागि उनीहरुले नै बनाएको मिलापत्रको कागजमा हस्ताक्षर गरेर हाम्रा साथीहरु फर्किनुभयो’ डीसीईओ बरालले भने ।

शाखा जलाइदिने धम्की
मंसिर २५ गते नै घटना भएको सार्वजनिक भयो । त्यसपछि ऋणी सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फार्मका सञ्चालक, घटनामा संलग्न उनका परिवार र उपमेयर सहितको चौतर्फी आलोचना भयो ।

तर, उनीहरु रोकिएनन् । ज्योति विकास बैंकको रुपनी शाखा नै ध्वस्त बनाइदिने धम्की दिए । ‘शाखा उडाइदिन्छौँ र बीएम (ब्रान्च म्यानेजर)लाई कालोमोसो दलेर र जुत्ताको माला लगाएर बजार घुमाउँछौँ भन्ने धम्की आएपछि हामीले भोलिपल्ट शाखा नै बन्द ग¥यौँ’ बरालले भने, ‘राष्ट्र बैंकलाई घटनाबारे जानकारी गराएर पत्र नै लेख्यौँ ।’

यसपछि बैंकले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), डेभलपमेन्ट बैंकर्स एसोशियसन र राष्ट्र बैंकलाई घटनाबारे जानकारी गरायो । र, अहिले प्रहरीकोमा उजुरी पनि दिइसकेको छ । ‘हामीले लिगल कन्सलट्यान्टलाई यस घटनामा उजुरी दिने, मुद्दा दायर भएपछि बहस गर्ने सबै जिम्मेवारी दिइसकेका छौँ’ बरालले भने । जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि उजुरी परिसकेको र अब अनुसन्धान अघि बढ्ने बताएको छ ।

अराजकता नरोकिँदा बढेको आत्मबल
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ऋण मिनाहा गरिदिने भन्दै बैंक तथा लघुवित्त विरोधी आन्दोलन सुरु गरेका थिए । अहिले पनि प्रसाईँ २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्छ भनिरहेका छन् । प्रसाईँको यस्तो अराजक गतिविधि सरकारले नरोक्दा देशका विभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भौतिक आक्रमण र दुव्र्यवहार भइरहेको छ ।
‘विगतका त्यस्ता अराजक गतिविधिले अहिले ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार गर्नेहरु (सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फार्मका सञ्चालक र घटनामा संलग्न)को मनोबल बढेको देखिन्छ’ एक जना बैंकर्स भन्छन्, ‘तर, यस घटनामा बैंक विरोधी र लघुवित्त विरोधी आन्दोलनका संगठित व्यक्तिहरु संलग्न भएको चाहिँ देखिँदैन । विशुद्ध उक्त फार्मका सञ्चालक र उनका परिवारका व्यक्ति संलग्न देखिन्छन् । जे भएपनि यो गलत हो, राज्यका निकायले घटनामा संलग्नलाई कारबाही गर्नुपर्छ ।’

सिबिफिनले भन्यो ‘अत्यन्तै लज्जास्पद, घृणित एवं हिंस्रक आक्रमण ‘

घटनाबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले निज कर्मचारीहरुलाई नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सिबिफिन घोर भत्र्सना गरेको । यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिन कडा आपत्ति प्रकट गरेको छ ।

निहीत स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्तव्यनिष्ठ कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नसमेत सिबिफिनले नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img