Tuesday, May 5, 2026
spot_img
spot_img

५० रुपैयाँको ४२ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई, एउटा नोट छाप्न ३.५३ रुपैयाँ

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२० मिलियन वटा अर्थात् ४२ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनी China Banknote Printing and Minting Corporation, China लाई दिएको हो ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको थियो। सो कम्पनीले नोट छपाईको लागि सबै भन्दा कम मूल्य कबुल गरेकोले राष्ट्र बैंकले उसैलाई नोट छाप्ने जिम्मा दिएको हो ।

कम्पनीलाई १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर २१ सेन्टमा नोट छपाईको ठेक्का दिईएको हो । राष्ट्र बैंकले आजको लागि तोकेको डलरको मूल्य १४२.३८ रुपैयाँले हिसाब गर्दा ५० रुपैयाँको एउटा नोट छपाईको खर्च ३ रुपैयाँ ५३ पैसा पर्ने भएको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img