नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जरको लाईसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले युनियन करेन्सी एक्सचेन्ज प्रालि र केटीएम ओम मनि एक्सचेन्ज प्रालिको लाइसेन्स खारेज गरेको हो।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यी कम्पनीको लाईसेन्स खारेज गरेको हो।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले यी कम्पनीको इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ।













