Monday, June 22, 2026
spot_img

अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट

spot_img
spot_img

अर्जेन्टिना फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी महादेशीय छनोट खेलमा पेरुलाई पराजित गरेसँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको हो ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले बुधबार पेरुलाई १–० ले पराजित गरेको हो । यससँगै साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।

यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । विश्वकपमा दक्षिण अमेरिकाबाट ६ राष्ट्र छनोट हुनेछन् । कुल १० देशले छनोट खेल्दा शीर्ष ६ टिम विश्वकपमा छनोट हुनेछन् । बुधबारको खेल पश्चात अर्जेन्टिनाले प्राप्त गरेको अंकका आधारमा अब अर्जेन्टिना कम्तिमा छैटौं स्थानमा रहने पक्का भएको हो ।

पेरुलाई पराजित गर्ने क्रममा अजेन्टिनाका लागि लौटरो मार्टिनेजले गोल गरे । खेलको ५५औं मिनेटमा कप्तान मेस्सीको पासमा मार्टिनेजले गरेको गोल नै निर्णायक भयो ।

पेरु १२ खेलमा ७ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img