Friday, June 26, 2026
spot_img

१८३ वटा स्टार्टअपले ३ प्रतिशत ब्याज मै २५ लाख ऋण पाउने, दुना टपरीदेखि चिया घरसम्म छनौट

spot_img
spot_img

१८३ वटा स्टार्टअपले सरकारबाट ३ प्रतिशत ब्याज मै २५ लाखसम्म ऋण पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धी कार्यक्रमअन्तर्गत अन्तिम सूचीको रुपमा १८३ वटा स्टार्टअपलाई ऋण ऋण सिफारिस गरेको हो ।

योग्य सूचीमा परेका परियोजनाको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अङ्कभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार योग्य प्रस्तावकको सूचीमा परेका ३९४ वटा परियोजना प्रस्तावकहरूलाई प्रस्तुतीकरण गर्न प्रस्तुतीकरणको ढाँचा (फोटो र भिडियो समेत) उल्लेख गरी निश्चित मिति र समय तोकी सूचना प्रकाशित गरिएको थियो । प्रस्तुतीकरणमा ३३५ वटा परियोजना प्रस्तावकहरूले प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको फोटो, भिडियो, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई समेत आधार मानी मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको प्रतिष्ठानले जनाएको छ। साथै प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको मूल्याङ्कन समितिको औसत अङ्कभार र क्रेडिट प्राइज गरी प्राप्त भएको अङ्कभार जोडी कुल अङ्कभार निकालिएको प्रतिष्ठानले उल्लेख गरेको छ । कुल अङ्कभारलाई आधार लिई पचास प्रतिशतभन्दा बढी अङ्कभार प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताको आधारमा अन्तिम छनोट प्रतिष्ठानले प्रष्ट पारेको छ।

यसरी छनौटमा परेकामा दुना टपरी उद्योग, ब्युटी पार्लर सेवा, चिया घर, तथा कृषि क्षेत्रका स्टार्टअपहरु समावेश छन्  ।

प्रतिष्ठानले कर्जाका लागि सिफारिस गरेका परियोजनाहरूको विवरण र कर्जा रकम राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा पठाइसकिएको छ । उद्यमीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयको ठेगाना  २०८१ जेठ २९ गतेभित्र तोकी प्रतिष्ठानको वेबसाइटमा प्रकाशित हुने भएको छ ।

तोकिएको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा कर्जा प्रवाह प्रयोजनका लागि निम्नअनुसारको कागजपत्रसहित आधिकारिक व्यक्तिले सम्पर्क गर्नुपर्नेछ । सूचना प्रकाशित भएको ३० दिनभित्र तोकिएको बैङ्कको शाखा कार्यालयमा सम्पर्क नगरेमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुनेछ ।

कर्जा लिन जाँदा व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान भ्याट दर्ताको सक्कल प्रमाणपत्र,
नागरिकताको सक्कल प्रमाणपत्र, आ.व. २०७९/८० को करचुक्ताको प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो (३ प्रति), र फर्म वा कम्पनीको छाप पेश गर्नु पर्ने छ ।

कुनै परियोजनाको नाममा वा परियोजनाको आधिकारिक व्यक्तिले सहुलियत कर्जा लिएको तर परियोजना प्रस्ताव र प्रस्तुतीकरणमा उल्लेख नगरेको भए तापनि बैङ्कले CIC रिपोर्ट चेक गर्दा त्यस्ता सहुलियत लिएको फेला परेमा परियोजना प्रस्ताव र सिफारिस रद्द हुने प्रतिष्ठानले जनाएको छ ।

बैङ्कले कार्यविधिको दफा १०(२) बमोजिम प्रक्रिया पूरा गरी सोही कार्यविधिको दफा १०(८) बमोजिम कर्जा प्रवाह गर्नेछ ।
कर्जा प्राप्त गरेका प्रस्तावकहरूले तोकिएको समयमा कर्जाको सावा र ब्याज भुक्तानी गर्नुपर्नेछ । भुक्तानी नगरेमा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० को दफा १३ बमोजिम कारबाही हुनेछ ।

यस्ता छन् कर्जा पाउने १८३ स्टार्ट अप :

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img