Sunday, May 25, 2025
spot_img

१८३ वटा स्टार्टअपले ३ प्रतिशत ब्याज मै २५ लाख ऋण पाउने, दुना टपरीदेखि चिया घरसम्म छनौट

spot_img
spot_img

१८३ वटा स्टार्टअपले सरकारबाट ३ प्रतिशत ब्याज मै २५ लाखसम्म ऋण पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धी कार्यक्रमअन्तर्गत अन्तिम सूचीको रुपमा १८३ वटा स्टार्टअपलाई ऋण ऋण सिफारिस गरेको हो ।

योग्य सूचीमा परेका परियोजनाको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अङ्कभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार योग्य प्रस्तावकको सूचीमा परेका ३९४ वटा परियोजना प्रस्तावकहरूलाई प्रस्तुतीकरण गर्न प्रस्तुतीकरणको ढाँचा (फोटो र भिडियो समेत) उल्लेख गरी निश्चित मिति र समय तोकी सूचना प्रकाशित गरिएको थियो । प्रस्तुतीकरणमा ३३५ वटा परियोजना प्रस्तावकहरूले प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको फोटो, भिडियो, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई समेत आधार मानी मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको प्रतिष्ठानले जनाएको छ। साथै प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको मूल्याङ्कन समितिको औसत अङ्कभार र क्रेडिट प्राइज गरी प्राप्त भएको अङ्कभार जोडी कुल अङ्कभार निकालिएको प्रतिष्ठानले उल्लेख गरेको छ । कुल अङ्कभारलाई आधार लिई पचास प्रतिशतभन्दा बढी अङ्कभार प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताको आधारमा अन्तिम छनोट प्रतिष्ठानले प्रष्ट पारेको छ।

यसरी छनौटमा परेकामा दुना टपरी उद्योग, ब्युटी पार्लर सेवा, चिया घर, तथा कृषि क्षेत्रका स्टार्टअपहरु समावेश छन्  ।

प्रतिष्ठानले कर्जाका लागि सिफारिस गरेका परियोजनाहरूको विवरण र कर्जा रकम राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा पठाइसकिएको छ । उद्यमीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयको ठेगाना  २०८१ जेठ २९ गतेभित्र तोकी प्रतिष्ठानको वेबसाइटमा प्रकाशित हुने भएको छ ।

तोकिएको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा कर्जा प्रवाह प्रयोजनका लागि निम्नअनुसारको कागजपत्रसहित आधिकारिक व्यक्तिले सम्पर्क गर्नुपर्नेछ । सूचना प्रकाशित भएको ३० दिनभित्र तोकिएको बैङ्कको शाखा कार्यालयमा सम्पर्क नगरेमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुनेछ ।

कर्जा लिन जाँदा व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान भ्याट दर्ताको सक्कल प्रमाणपत्र,
नागरिकताको सक्कल प्रमाणपत्र, आ.व. २०७९/८० को करचुक्ताको प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो (३ प्रति), र फर्म वा कम्पनीको छाप पेश गर्नु पर्ने छ ।

कुनै परियोजनाको नाममा वा परियोजनाको आधिकारिक व्यक्तिले सहुलियत कर्जा लिएको तर परियोजना प्रस्ताव र प्रस्तुतीकरणमा उल्लेख नगरेको भए तापनि बैङ्कले CIC रिपोर्ट चेक गर्दा त्यस्ता सहुलियत लिएको फेला परेमा परियोजना प्रस्ताव र सिफारिस रद्द हुने प्रतिष्ठानले जनाएको छ ।

बैङ्कले कार्यविधिको दफा १०(२) बमोजिम प्रक्रिया पूरा गरी सोही कार्यविधिको दफा १०(८) बमोजिम कर्जा प्रवाह गर्नेछ ।
कर्जा प्राप्त गरेका प्रस्तावकहरूले तोकिएको समयमा कर्जाको सावा र ब्याज भुक्तानी गर्नुपर्नेछ । भुक्तानी नगरेमा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० को दफा १३ बमोजिम कारबाही हुनेछ ।

यस्ता छन् कर्जा पाउने १८३ स्टार्ट अप :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img