Thursday, April 30, 2026
spot_img
spot_img

‘मध्यपूर्व अर्गानिक एक्स्पो’मा सहभागी हुन कृषि उत्पादक सहितको नेपाली टोली दुबई जाँदै

spot_img
spot_img

अर्गानिक तथा प्राकृतिक कृषि उत्पादक सहितको नेपाली टोलीले दुबईमा आयेजना हुने “Middle East Organic and Natural Products Expo Dubai –24″ मा भाग लिने भएको छ । विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाािण्ज्य महासंघ/कृषि उद्यम केन्द्रका सभापति डी.बी. बस्नेतको नेतृत्वमा नेपाली टोली मेलामा सहभागी हुन लागेको हो ।

नोभेम्बर १८ देखि २० सम्म (बि.सं. २०८१ मंसिर ३ देखि ५ गते सम्म) आयोजना हुने उक्त मेलामा नेपालबाट १२ वटा उद्यमका प्रतिनिधिसहित ३३ जनाको टिम मंसिर १ गते शनिबार दुबई जाँदैछ । Dubai World Trade Center (DWTC) मा आयोजना हुने मेलामा अलैँची, चिया, कफि, जडिबुटी, मह, डेरी, हस्तकला तथा रुद्राक्षसँग सम्बन्धित उद्यमका १० वटा नेपाली स्टलहरु रहने कृषि उद्यम केन्द्रका सभापति बस्नेतले जानकारी दिएका छन् ।

मेलामा यसपाली खाडीलगायत अन्य क्षेत्रका १० हजार भन्दा बढी आयातकर्ता, खुद्रा बिक्रेता, वितरक, थोक बिक्रेता साथै ३५ हजार बढी अरेबियन अर्गानिक खरिदकर्ता सहभागी हुने अपेक्षा रहेको छ । हाल मध्यपूर्व विश्वकै व्यवसायिक केन्द्रको रुपमा विकास भईरहेकोले नेपालका लागि यो मेला अत्यन्तै महत्वपूर्ण रहेको बस्नेतले बताएका छन् ।

मेलाले विश्वस्तरमा अर्गानीक तथा प्राकृतिक उत्पादनहरुको आपूर्तिकर्ताहरूलाई त्यसका खरिदकर्ताहरूसँग सम्पर्क विस्तार गर्ने कार्यमा सहयोग गर्ने विश्वास व्यक्त गर्दै बस्नेतले मेलाकै क्रममा खरिदकर्ताहरुसँग ‘बी टू बी’ मिटिङ गरि नेपाली वस्तु विश्व बजारमा बजारीकरणका लागि प्रयास गरिने र आयोजकले प्रदान गर्ने अनलाईन प्लेटफर्ममा नेपाली वस्तु बजारीकरणका लागि राखिने पनि जानकारी दिएका छन् ।

नेपाल विविधतायुक्त भौगोलिक अवस्थित र हावापानी भएको मुलुक भएको पूर्वदेखि पश्चिमसम्मको विविधतायुक्त भौगोलिक अवस्थिति र त्यसबाट प्राप्त हुने हावापानीका कारण नेपालमा विशिष्ठ खालका अर्गानिक तथा प्राकृतिक कृषि उत्पादन हुने भएकाले यो मेलामार्फत यस्ता उत्पादनलाई विश्व बजारमा पुर्याउन मद्दत पुग्ने विश्वास लिइएको छ । मेला सकेर नेपाली टोली मंसिर ९ गते स्वदेश फर्किनेछ ।

यो मेला विगत २२ वर्षदेखि अर्गानिक तथा प्राकृतिक उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि आयोजना हुँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन पावर पार्टनरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद...

सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

माउण्ट एभरेष्ट पावरको पहिलो चरणको आईपीओ आजदेखि

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि...

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...

२९ महिनापछि टुङ्गो लाग्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्चमा परेको मुद्दा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो...
spot_img