Thursday, May 22, 2025
spot_img

‘मध्यपूर्व अर्गानिक एक्स्पो’मा सहभागी हुन कृषि उत्पादक सहितको नेपाली टोली दुबई जाँदै

अर्गानिक तथा प्राकृतिक कृषि उत्पादक सहितको नेपाली टोलीले दुबईमा आयेजना हुने “Middle East Organic and Natural Products Expo Dubai –24″ मा भाग लिने भएको छ । विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाािण्ज्य महासंघ/कृषि उद्यम केन्द्रका सभापति डी.बी. बस्नेतको नेतृत्वमा नेपाली टोली मेलामा सहभागी हुन लागेको हो ।

नोभेम्बर १८ देखि २० सम्म (बि.सं. २०८१ मंसिर ३ देखि ५ गते सम्म) आयोजना हुने उक्त मेलामा नेपालबाट १२ वटा उद्यमका प्रतिनिधिसहित ३३ जनाको टिम मंसिर १ गते शनिबार दुबई जाँदैछ । Dubai World Trade Center (DWTC) मा आयोजना हुने मेलामा अलैँची, चिया, कफि, जडिबुटी, मह, डेरी, हस्तकला तथा रुद्राक्षसँग सम्बन्धित उद्यमका १० वटा नेपाली स्टलहरु रहने कृषि उद्यम केन्द्रका सभापति बस्नेतले जानकारी दिएका छन् ।

मेलामा यसपाली खाडीलगायत अन्य क्षेत्रका १० हजार भन्दा बढी आयातकर्ता, खुद्रा बिक्रेता, वितरक, थोक बिक्रेता साथै ३५ हजार बढी अरेबियन अर्गानिक खरिदकर्ता सहभागी हुने अपेक्षा रहेको छ । हाल मध्यपूर्व विश्वकै व्यवसायिक केन्द्रको रुपमा विकास भईरहेकोले नेपालका लागि यो मेला अत्यन्तै महत्वपूर्ण रहेको बस्नेतले बताएका छन् ।

मेलाले विश्वस्तरमा अर्गानीक तथा प्राकृतिक उत्पादनहरुको आपूर्तिकर्ताहरूलाई त्यसका खरिदकर्ताहरूसँग सम्पर्क विस्तार गर्ने कार्यमा सहयोग गर्ने विश्वास व्यक्त गर्दै बस्नेतले मेलाकै क्रममा खरिदकर्ताहरुसँग ‘बी टू बी’ मिटिङ गरि नेपाली वस्तु विश्व बजारमा बजारीकरणका लागि प्रयास गरिने र आयोजकले प्रदान गर्ने अनलाईन प्लेटफर्ममा नेपाली वस्तु बजारीकरणका लागि राखिने पनि जानकारी दिएका छन् ।

नेपाल विविधतायुक्त भौगोलिक अवस्थित र हावापानी भएको मुलुक भएको पूर्वदेखि पश्चिमसम्मको विविधतायुक्त भौगोलिक अवस्थिति र त्यसबाट प्राप्त हुने हावापानीका कारण नेपालमा विशिष्ठ खालका अर्गानिक तथा प्राकृतिक कृषि उत्पादन हुने भएकाले यो मेलामार्फत यस्ता उत्पादनलाई विश्व बजारमा पुर्याउन मद्दत पुग्ने विश्वास लिइएको छ । मेला सकेर नेपाली टोली मंसिर ९ गते स्वदेश फर्किनेछ ।

यो मेला विगत २२ वर्षदेखि अर्गानिक तथा प्राकृतिक उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि आयोजना हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शक्ति गुमाएर ‘भूत बंगाला’ बनेको उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले साना र मझौला उद्यमी व्यवसायीहरुको...

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...
spot_img