Monday, June 22, 2026
spot_img

एनपीएलको लाइभ स्टार स्पोर्ट्सबाट हुने, मुख्य प्रायोजकमा सिद्धार्थ बैँक

spot_img
spot_img

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) टि २० क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण  स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ  । क्यानले आज पत्रकार सम्मेलन गरेर स्टार स्पोर्ट्सबाट प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।

भारतको स्टार स्पोर्ट्स खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन च्यानल हो। स्टार स्पोर्ट्सले इन्डियन प्रिमियर लिग आईपीएलका साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सील आइसीसीका प्रतियोगिताहरु र अन्य खेलकुद प्रतियोगिताहरु लाइभ गर्ने गर्छ । कति रकममा सम्झौता भएको हो भन्ने विवरण क्यानले खुलाएको छैन ।

त्यस्तै एनपीएलको टाईटल स्पोनसर सिद्धार्थ बैंक रहने भएको छ । सिद्धार्थ बैंकले ५ वर्षको लागि एनपीएलको टाइटल स्पोन्सरको रुपमा सम्झौता गरेको हो । क्यान यस सम्झौताको रकम पनि गोप्य राखेको छ।

मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। ८ टिम रहने प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुनेछन् ।

क्यानले पहिलोलोपटक आफ्नै व्यवस्थापनमा फ्रेञ्चाइज लिग आयोजना गर्न लागेको हो। यसअघि क्यानले नेपाल टी-२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्रीसँग गरेको सम्झौता विवादमा परेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img