Thursday, June 25, 2026
spot_img

बजेटका विषयमा प्रधानमन्त्रीसँग गम्भीर छलफल गरिरहेको छु: ओली

spot_img
spot_img

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटका विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको बताएका छन् ।

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत भएको बजेटमा छुटेका र अपुग देखिएका विषयहरू कसरी समेटेर लैजाने भन्ने विषयमा आफू प्रधानमन्त्री प्रचण्डसँग गम्भीर छलफलमा रहेको बताएका हुन् ।

उनलेे बजेटमा सुधार गर्नुपर्ने विषयसहित यो बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफू छलफल गरिरहेको जानकारी गराए । बजेट निर्माणका क्रममा पर्याप्त छलफल हुन नसक्दा सुधार गरेर जान सकिने र सुधार गरेर निजी क्षेत्रलाई थप विश्वस्त बनाउन सकिने ठाउँ हुँदाहुँदै पनि खास सम्बोधन हुन नसकेको उनको टिप्पणी छ ।

“छुटेका विषय कसरी समावेश गर्ने भन्ने बारेमा म प्रधानमन्त्री ज्यूसँगै छलफलमा छु, समय अझै बाँकी रहेकाले बजेटको प्रभावकारीता र कार्यान्वयनलाई नै प्रभावकारी कसरी बनाएर जान सकिन्छ भन्ने सन्दर्भमा हामीले छलफल गरिरहेका छौँ, छुटेका विषय सम्बोधन गरेर जान्छौं” पूर्वप्रधानमन्त्री ओलीले भने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img