Sunday, May 25, 2025
spot_img

बजेटका विषयमा प्रधानमन्त्रीसँग गम्भीर छलफल गरिरहेको छु: ओली

spot_img
spot_img

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटका विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको बताएका छन् ।

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत भएको बजेटमा छुटेका र अपुग देखिएका विषयहरू कसरी समेटेर लैजाने भन्ने विषयमा आफू प्रधानमन्त्री प्रचण्डसँग गम्भीर छलफलमा रहेको बताएका हुन् ।

उनलेे बजेटमा सुधार गर्नुपर्ने विषयसहित यो बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफू छलफल गरिरहेको जानकारी गराए । बजेट निर्माणका क्रममा पर्याप्त छलफल हुन नसक्दा सुधार गरेर जान सकिने र सुधार गरेर निजी क्षेत्रलाई थप विश्वस्त बनाउन सकिने ठाउँ हुँदाहुँदै पनि खास सम्बोधन हुन नसकेको उनको टिप्पणी छ ।

“छुटेका विषय कसरी समावेश गर्ने भन्ने बारेमा म प्रधानमन्त्री ज्यूसँगै छलफलमा छु, समय अझै बाँकी रहेकाले बजेटको प्रभावकारीता र कार्यान्वयनलाई नै प्रभावकारी कसरी बनाएर जान सकिन्छ भन्ने सन्दर्भमा हामीले छलफल गरिरहेका छौँ, छुटेका विषय सम्बोधन गरेर जान्छौं” पूर्वप्रधानमन्त्री ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img