चालु आर्थिक वर्षको २ महिनामा १ हजार ६ सय विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को दुइ महिना (साउन र भदौ)को तथ्याङ्क अनुसार १ हजार ६ सय युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
भन्सार विभागका अनुसार यो दुइ महिनामा ३ अर्ब ४९ करोड २५ लाख १७ हजार मूल्य बराबरका १ हजार ६ सय युनिट विद्युतीय सवारी साधन आयात हुँदा सरकारले २ अर्ब ३० करोड ३३ लाख ७७ हजार रुपैयाँ राजस्व पाएको छ ।
यसमध्ये ५० किलोवाटसम्मका गाडीको संख्या ५६० छ । ५१ देखि १ सय किलोवाटसम्म क्षमता भएका गाडी धेरै आयात भएका छन् । भन्सार विभागका अनुसार यो दुइ महिनामा ५१ देखि १ सय किलोवाटसम्मका ९३८ युनिट गाडी आयात भएका छन् ।
१०१ देखि २ सय किलोवाटसम्मका ९९ वटा र २०१ किलोवाटभन्दा माथिका ३ युनिट गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।













