Thursday, April 23, 2026
spot_img
spot_img

आइएमई मोटर्सबाट गाडी किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्ने

spot_img
spot_img

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सवारी खरिदमा ७० प्रतिशतसम्मको फाइनान्सिङ गर्ने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार अब ग्राहकहरूले आइएमई मोटर्सबाट सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्समार्फत ७० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीले हस्ताक्षर गरेका छन् ।

यस समझदारीबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिङको सुविधा उपलब्ध भएको बताइएको छ ।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको साझेदारीबाट ग्राहकहरूलाई सहज फाइनान्सिङ सुविधा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

आइएमई मोटर्सले अशोक लेल्याण्डका कमर्सियल सवारी साधन नेपाली बजारमा आयात तथा बिक्री गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img