Thursday, April 23, 2026
spot_img
spot_img

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

spot_img
spot_img

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले भदौ ३१ देखि असोन ३ गतेसम्म ‘दीपल एक्सचेन्ज कानिर्भल’ आयोजना गर्ने भएको छ ।

काठमाडौँको गैरीधारास्थित सिल्भरओकमा हुने कार्निभलमा ग्राहकहरुले कुनै पनि ब्राण्डाका पुराना गाडीसँग दीपल ईभी साट्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले नेपालकै शीर्ष ६ रिकन्डिसन हाउसबाट पुरानो गाडीको ‘बेस्ट भ्यालुएसन’ पाउने छन् ।

यस अवसरमा ग्राहकहरुले प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दीपलको प्रिमियम ईभी एस०७ पनि खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ‘दीपल एक्सचेन्ज कानिर्भल’ अवधिभर ग्राहकले थप एक्सचेन्ज बोनस पनि पाउनेछन् । अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाइनुका साथै ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जरसमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पनि पाउनेछन् ।

नेपाली बजारमा एमएडब्लू वृद्धिले दीपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ । यी दूबै ईभी एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् ।

दीपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चारवटा ड्राइभिङ मोड, १२५ लिटरको ​फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फिचर छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img