Friday, April 24, 2026
spot_img
spot_img

नेपाली बजारमा ‘स्काईवेल’को धमाकेदार ‘इन्ट्री’: अटो शोमा मात्रै १२६ युनिट बुकिङ

spot_img
spot_img

स्काईवेलका विद्युतीय गाडी नेपाली बजारमा प्रवेश गरेको भर्खरभर्खरै हो । केही महिना अगाडी मात्रै जी मोटर्सले स्काईवेललाई नेपाल भित्र्याएको हो । ३ महिनाकै अवधिमा ४० बढी गाडी डेलिभरी गरिसकेको जी मोटर्सले ‘नाडा अटो शो २०२४’मा धमाका मच्चाएको छ ।

५औँ दिनसम्ममा ९९ वटा स्काईवेल गाडी बुकिङ भएकोमा अन्तिम दिन आइतबार मात्रै २७ वटा बुकिङ थपिएका छन् । स्काईवेल गाडीको आधिकारिक वितरक जी मोटर्स प्रा.लि.का अनुसार नाडा अटो शो अवधिभरी १२६ वटा स्काईवेल ईभी ब्राण्ड बुकिङ भएका छन् ।

कम्पनीले ईटी ५, बीई ११ मोडलका गाडीहरु प्रदर्शनीमा राखेको थियो । बीई ११ मोडेलका गाडीले क्रमशः ६२० किलोमिटर, ५२० किलोमिटर र ४२० किलोमिटर रेन्ज दिने जनाइएको छ ।

कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालका अनुसार हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी–५ प्रीमियम इलेक्ट्रिक एसयुभि बिक्री भईसकेका छन् ।

जी मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी ४१० किलोमिटर रेन्ज भएको बीई ११ को मूल्य ७५ लाख ९० हजार, ५२० किलोमिटर रेन्ज दिने बीई११ को अर्को मोडलको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको थियो ।

नाडा शो पश्चात सबै मोडेलका गाडीमा ५ लाखको दरले मूल्य वृद्धि हुने जी मोटर्सले जनाएको छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरु जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्डमा बिक्री हुँदै नेपालमा भित्रिएको हो । स्काईवेल युरोपियन स्ट्याण्डर्डका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img