Friday, April 24, 2026
spot_img
spot_img

पन्च ईभीः अटो शोमा सर्वाधिक चर्चा, ३ सय बढी बुकिङ

spot_img
spot_img

भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा टाटाको पन्च ईभीमा अवलोकनकर्ताको भीडभाड हुने गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार कम्पनीले प्रदर्शनीमा राखेको पन्च ईभीको हालसम्म ३ सय बढी बुकिङ भइसकेको छ ।

अटो शोको पहिलो दिन नै १ सय युनिट बुकिङ भएकोमा हालसम्म बुकिङ संख्या ३ सय नाघिसकेको कम्पनीले जनाएको छ । सस्तो मूल्यको एसयुभी ईभी भएकाले यसको बुकिङ निकै भइरहेको बताइन्छ ।

सिप्रदीका अनुसार नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्नेछ ।

प्योर इभी प्ल्याटफर्ममा बनेको पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको दाबी छ । यसमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस लगायतका विशेषताले भरिपूर्ण यो गाडी नेपालमा लोकप्रीय बन्नेमा कम्पनी विश्वस्त देखिएको छ ।

भारतमा टाटा पन्च ईभी मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img