Friday, April 24, 2026
spot_img
spot_img

टाटाको पन्च ईभीः बिक्री सुरु भएको पहिलो दिनमै १०० बढी बुकिङ्ग

spot_img
spot_img

‘नाडा अटो शो २०२४’ सुरु भएको दिन मंगलबारबाट बिक्री सुरु भएको टाटा पन्च ईभीले नेपालमा ‘बम्पर ओपनिङ’ गरेको छ । टाटा पन्च ईभी बिक्री सुरु भएको दिनमै नेपालभरी एक सय भन्दा बढी बुकिङ्ग भएको टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।

टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले यो मूल्य नाडा अटो शो अवधिभरकिा लागि मात्रै तोकेको हो । नाडा अटो शो सकिएपछि मूल्य केही बढ्ने कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग सुविधा उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त सिजापति भन्छन्, ‘टाटा पन्च ईभीबारे यो गाडी नआउँदै नेपालमा यसबारे निकै उत्साह थियो, त्यो उत्साह बुकिङ्गमा पनि देखिएको छ ।’

पन्च ईभीको बुकिङ्गले सकारात्मक सुरुवात गराएको र यो गाडीले नेपाली बजारमा मजबुत उपस्थिति जनाउनेमा कम्पनी विश्वस्त छ ।

साथै, कम्पनीले अटो शोमा टियागो ईभीको हरेक बुकिङ्गमा ग्राहकहरूलाई थाइल्यान्ड यात्राको कुपन पनि अफरका रुपमा ल्याएको छ । यसका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज पनि प्राप्त गर्नेछन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img