Friday, April 24, 2026
spot_img
spot_img

अटो शोमा ‘स्काईवेल बीई ११’: ४ लाख छुटसहित तत्काल डेलिभरी हुने, यस्ता छन् फिचर

spot_img
spot_img

काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’मा स्काईवेलका विद्युतीय गाडी विशेष छुटमा पाउन सकिने भएको छ । स्काईवेलका गाडीको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता ‘जी मोटर्स’ ले चिनियाँ विद्युतीय कार ‘स्काईवेल बीई ११’ मोडल सार्वजनिक गर्दै विशेष छुटसमेत घोषणा गरेको छ ।

कम्पनीले नाडा अटो शो अवधिभरीका लागि भन्दै स्काईवेल बीई ११ मोडेलको ईभीका लागि ७५ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ । ४१० किमि रेन्ज दिने यो गाडीमा ५१ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ ।

नाडा पछि भने यसको मूल्य ७९ लाख ९० हजार पर्नेछ ।

७१ किलोवाट क्षमताको ब्याट्री जडान भएको स्काईवेल बीई ११ को अर्को मोडलको मूल्य नाडा अटो शो अवधिभरीका लागि ८५ लाख ९० हजार राखिएको छ । ५२० किलोमिटर रेन्ज दिने यो गाडीको मूल्य नाडा पछि ८९ लाख ९० हजार पर्नेछ ।

‘नाडा अटो शो अवधिभरीका लागि स्काइवेलका बीई ११ मोडलका २ वटै भेरियन्टमा प्रति कार ४ लाख छुट दिइएको छ’ जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलालले बिजनेश पानासँग भने ।

यी दूबै गाडी आउटिङ र क्याम्पिङमा फोकस छन् । लक्जरियस प्रीमियम ब्राण्डका ईभी किफायति मूल्यमा उपलब्ध भएकाले अटो शोमा यो गाडी दर्शकको आँखामा परेको छ । स्टलमा भिडभाड पनि उत्तिकै छ ।

कम्पनीका अनुसार यी दूबै गाडीको ग्राउण्ड क्लियरेन्स ९७ मिमी छ । बुकिङ गर्नेहरुले तत्काल गाडी पाउने बताइएको छ ।

‘अहिले नै हामीसँग बीई ११ मोडलका ३० वटा गाडी ल्याइसकेका छौँ, अर्डर गर्नेहरुले तत्कालै गाडी पाउनुहुन्छ’ गेलालले थपे, ‘दशैँ अगाडी नै १०० भन्दा बढी गाडी आउनेवाला छन् ।’

यी गाडीहरु कम्पनीको भक्तपूर र इटहरी शोरुमबाट उपलब्ध हुनेछन् । कम्पनीले नक्सालमा शोरुम बनाइरहेको छ । शोरुम तयार हुनासाथ नक्सालबाट पनि गाडी उपलब्ध हुनेछ ।

यी गाडीमा कम्पनीले ८ वर्ष (२ लाख किलोमिटर) वारेन्टी प्रदान गरेको छ । स्काईवेलका यी गाडीहरु ग्राहकको रोजाइमा पर्नेमा कम्पनी विश्वस्त छ ।

यस्तै, सबैभन्दा लामो ६२० किलोमिटर रेन्ज दिने स्काईवेल ईटी–५ को मूल्य १ करोड १० लाख रुपैयाँ छ । यसमा ८६ किलोवाट क्षमताको ब्याट्री जडित छ ।

मूल्यः

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img