Friday, April 24, 2026
spot_img
spot_img

अटोमोबाइल्स विलासी वस्तु होइन, आवश्यकताको साधन होः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल्सबारे सरकारी नीति ठिक नभएको बताएका छन् । उनले अटोमोबाइल्स क्षेत्रलाई विलासीको साधनका रुपमा राख्ने गरिएको भन्दै यसलाई परिवर्तन गरेर आवश्यकताको साधनमा वर्गीकरण गर्नुपर्ने बताएका हुन् ।

मंगलबारबाट काठमाडौँमा सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनमा बोल्दै अध्यक्ष ढकालले सवारी साधनलाई विलासी भन्ने सोच पुरातनवादी चिन्तन भएको बताउँदै अब पूरानो सोचलाई फेर्नुपर्ने बताए ।

‘नीति बनाउनेहरुको सोचमा अटोमोबाइल भनेको लक्जरी भन्ने छ, यो पुरातन सोच हो’ अध्यक्ष ढकालले भने, ‘यो सोचलाई फेर्नु पर्छ, अटोमोबाइल क्षेत्र अब आवश्यकताको क्षेत्र हो ।’

उनले बैंक तथा वित्तीय संस्थाले गाडी खरिदकर्तालाई फाइनान्सिङ सुविधा उपलब्ध गराउँदा सरकारकै नीतिका कारण लक्जरी साधनका रुपमा वर्गीकरण हुँदा महँगो पर्ने गरेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने पनि बताएका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img