Friday, April 24, 2026
spot_img
spot_img

बीवाईडी एट्टो–३ को नयाँ संस्करण सार्वजनिक, के छन् विशेषता ?

spot_img
spot_img

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीको एट्टो ३ को नयाँ संस्करण सार्वजनिक गरेको छ । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले बीवाईडी एट्टो ३ को नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

नयाँ संस्करणलाई कम्पनीले स्पोर्टी इलेक्ट्रिक एसयूभी भनेको छ । कम्पनीले यो गाडी सबैभन्दा बढी बिक्री हुने विश्वास लिएको छ ।

नेपाल भित्रिएको दुई वर्ष पनि नपुग्दै ३ हजार युनिटभन्दा बढी बीवाईडी एट्टो ३ बिक्री भइसकेको कम्पनीले जनाएको छ । बीवाईडी एट्टो ३ को २०२४ संस्करण विशेषरूपमा अपग्रेड गरिएको र यसमा नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ ।

गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध छ । इन्टेरियरमा युनिक ब्ल्याक र ब्लू कलर स्किम पनि उपलब्ध छ । गाडीको एक्सटेरियरमा रियर ब्याज अर्थात् पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकामा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र राखिएको छ ।

डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकामा अब भने स्टाइलिस ब्ल्याक कलरमा राखिएको बताइएको छ ।

बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टम पहिले १२.८ इन्च रहेकोमा अहिले १५.६ इन्चको उपलब्ध भएको छ ।

सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्टमा हाई–पर्फमेन्स कन्टिनेन्टल टायर रहेको बीवाईडीले जनाएको छ ।

नयाँ संस्करणको गाडी बीवाईडी एपसँग जोडिएको छ । यसबाट गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ ।

टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्नसमेत सकिने जनाइएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img