Friday, April 24, 2026
spot_img
spot_img

राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याज मै १ करोडसम्म गाडी कर्जा दिने

spot_img
spot_img

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि “Festive Offer of Vehicle Loan ” गाडी कर्जा योजना ल्याएको छ ।

बैंकका अनुसार यस योजनामा मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विधुतीय गाडी ( इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोल / डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कार्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने बैंकले प्रष्ट पारेको छ। निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने बैंकले जनाएको छ । बैंकका अनुसार यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।

बैंकको सातै प्रदेश ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img