Friday, April 24, 2026
spot_img
spot_img

नाडा अटो शो २०२४ः आउँदैछन् बहुप्रतिक्षित ईभी ब्राण्ड

spot_img
spot_img

भदौ ११ देखि १६ गतेसम्म चल्ने ‘नाडा अटो शो २०२४’मा लञ्च हुने गरि विभिन्न मोडल तथा ब्राण्ड भित्रिदैँछन् । गाडी आयातकर्ता कम्पनीहरुले नाडा अटो शो लक्षित गर्दै नयाँ मोडल भित्र्याउँदैछन् । जसका लागि उनीहरुले अटो शोमा आफ्नो स्टल सुरक्षित गरिसकेका छन् ।

अटो शोमा चार पाङ्ग्रे ब्राण्डका २४ कम्पनी सहभागी हुँदैछन् । जसमध्ये अधिकांशले नयाँ मोडल तथा ब्राण्ड ल्याउँदैछन् । अटो शो मार्फत नै उनीहरुले नयाँ मोडल तथा ब्राण्ड सार्वजनिक गर्दैछन् । कतिपयले बुकिङ खुलाइसकेका छन् ।

नाडा अटो शोमा आएर बुकिङ गर्नेहरुलाई कम्पनीहरुले विभिन्न छुट तथा उपहार योजना पनि ल्याउँछन् । अहिले कम्पनीहरुको यसैको तयारीमा जुटिरहेका छन् । यसपालीको अटो शोमा ८० प्रतिशतभन्दा बढी स्टल विद्युतीय सवारी साधनले ओगट्ने छन् ।

हाल नेपाली अटोमोबाइल्स बजारमा विद्युतीय सवारी साधनको बिक्रीमार्फत क्रान्ति गरिरहेका बीवाईडी (साइमेक्स इंक), टाटा (सिप्रदी), नेटा (सीजी मोटर्स) लगायतले अटो शोमा नयाँ मोडल तथा नयाँ ब्राण्ड ल्याउने तयारी गरिरहेका छन् ।

जी मोटर्सको ‘स्काइवेल बीई११’

नेपालमा निकै प्रतिक्षा गरिएको स्काइवेलको ‘बीई११’ मोडल जी मोटर्सले नाडा अटो शोमा लञ्च गर्दैछ । स्काइवेलको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जी मोटर्सले ४१० किलोमिटर रेञ्ज र ५२० किलोमिटर रेञ्ज दिने दुइ भेरियन्टका ‘बीई११’ ईभी सार्वजनिक गर्न लागेको हो ।

४१० किलोमिटर रेन्ज दिने बीई११ मोडलमा ५८ किलोवाट आवरको ब्याट्री हुनेछ भने ५२० किलोमिटर रेञ्ज दिने बीई११ को अर्को भेरियन्टमा ७१ किलोवाट आवरको ब्याट्री जडित छ ।

बीवाईडीको नयाँ मोडल आउँदै

अहिले बिवाईडीको डल्फिन तथा एट्टो–३ मार्फत विद्युतीय सवारी साधनको बजारमा आक्रामक रुपमा प्रस्तुत भइरहेको साइमेक्स इंकले अटो शोलाई लक्षित गरी नयाँ मोडल ल्याउँदैछ ।

साइमेक्स इंकले बीवाईडीकै नयाँ मोडल सार्वजनिक गर्ने भनेपनि गाडीको नाम अरु जानकारी सार्वजनिक गरिसकेको छैन ।

लक्ष्मीको ‘केई’

लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ‘केई’ का ३ वटा नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ३ मोडलका गाडीहरु सार्वजनिक गर्ने भएको हो ।

नाडामा सार्वजनिक हुने तीन मोडेलको सही नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ । यसका लागि कम्पनीले केई नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत क्याम्पेन सुरु गरेको छ ।

सहभागी मध्यबाट सबै तीन मोडेलका गाडीको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्राण्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन् । यो क्याम्पेन ४ भदौदेखि सुरु भएर १० भदौमा सकिने छ ।

नाडा अटो शोको स्टल नम्बर एच–१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने छ ।

टाटाको ‘पञ्च.ईभी’

यस वर्षको नाडा अटो शोको मुख्य प्रायोजक टाडा डट ईभी हो । टाटा मोटर्सले अटो शोमा नयाँ विद्युतीय गाडी पञ्च डट ईभी सार्वजनिक गर्ने भएको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च डट ईभी दुई भेरियन्टमा उपलब्ध हुने भएको छ ।

टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यो नयाँ ईभीले एक पटकको फूल चार्जमा ४२१ किलोमिटर रेञ्ज दिने बताइएको छ । गाडी मूल्य अटो शो मा सार्वजनिक हुनेछ भने कम्पनीले प्रि–बुकिङ खुला गरिसकेको छ ।

पारामाउन्टको ‘एमजी साइबर स्टर’

एमजीका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजीको नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । इलेक्ट्रिक स्पोर्टकार ‘साइबर स्टर’लाई नेपाल ल्याउन लागिएको जनाइएको छ ।

कम्पनीले नाडा अटो शोमा यो गाडीको मूल्यसहित सम्पूर्ण विवरण सार्वजनिक गर्ने गरि अहिले यसैको तयारी अघि बढाइरहेको छ ।

सीजीका ३ मोडल आउँदै

सीजी मोटर्सले नाडा अटो शोमा आफ्ना ३ मोडल तथा ब्राण्ड सार्वजनिक गर्दैछ । अटो शोकै अवसरमा सीजीले बुहप्रतिक्षित ईभी ब्रान्ड अवतार सार्वजनिक गर्ने भएको छ । चिनियाँ अटो निर्माता चांगन, ईभी ब्याट्री निर्माता सीएटीएल र प्रविधि कम्पनी हुवावेको संयुक्त उत्पादन अवतारलाई सीजीले नेपालमा ल्याइसकेको छ ।

९० किलोवाट आवरको ब्याट्री क्षमतासहित आउने यो प्रिमियम ईभी अवतारमा २३० किलोवाट क्षमताको छ । गाडीको मूल्य १करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।

सीजी अटो शोमै नयाँ मिडसाइज पिकअप रिड्डारा सार्वजनिक गर्दै छ । यसमा २०० किलोवाट आवरको मोटर क्षमता छ भने ६३ किलोवाट आवर क्षमताको ब्याट्री छ । एक पटकको चार्जमा यसले ३८३ किलोमिटर रेञ्ज दिने बताइएको छ ।

सीजी मोटर्सले अटो शो कै अवसरमा नेटा ईभीको नयाँ मोडल ‘नेटा एक्स’ पनिसार्वजनिक गर्ने भएको छ । ५२ किलोवाट आवर र ६२ किलोवाट आवरका २ ब्याट्री भेरियन्टमा उपलब्ध हुने यो गाडीको मोटर पावर १०० किलोवाट छ । नेटा एक्सका दुई भेरियन्टको मूल्य ५३ लाख र ६३ लाख रुपैयाँ तोकिएको छ ।

एमएडब्ल्यूको ‘दिपल एल–०७’ र ‘नामी बक्स’

एमएडब्ल्यूले चिनियाँ उत्पादक चांगनको दिपल ब्राण्डको नयाँ मोडल ‘दिपल एल–०७’ सार्वजनिक गर्दैछ । प्रिमियम अटो ब्राण्ड दिपल एल–०७ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ ।

यसमा ६२६.८ किलोवाट आवरको ब्याट्री छ भने ९९ किलोवाट आवरको मोटर क्षमता छ । गाडीले एक पटकको चार्जमा ५३० किलोमिटर रेञ्ज दिने बताइएको छ ।

एमएडब्ल्यूले अर्को ब्राण्ड डङफेङको ‘नामी बक्स ईभी’ पनि सार्वजनिक गर्दैछ ।

सांग्रिला मोटर्सको ‘लिपमोटर सी–१०’

सांग्रिला मोटर्सले नयाँ ईभी ब्राण्ड ‘लिपमोटर’ नाडा अटो शोकै अवसरमा नेपाल ल्याउँदैछ । सांग्रिला मोटर्सले लिपमोटरको सी–१० मोडल नेपाल ल्याउन लागेको हो ।

पायोनियर मोटोकर्पको ‘जिकर’का दुई मोडल

पायोनियर मोटोकर्पले नेपालमा नयाँ ईभी ब्राण्ड जिकर ल्याइसकेको छ । नाडा अटो शो २०२४ मा पायोनियर मोटोकर्पले जिकर एक्सका दुइ भेरियन्ट सार्वजनिक गर्नेछ ।

कम्पनीले डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्ल्यूडी) र सिंगल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) सार्वजनिक गरिने जनाएको छ । ६६ किलोवाट आवरको ब्याट्री रहेको गाडीले एक पटकको चार्जमा ४४० किलोमिटर रेञ्ज दिने बताइएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img