सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ओरियन्टल सहकारीका मुख्य सञ्चालक एवम् अध्यक्ष सुधिर बस्नेतसँग सोधपूछ गरेको छ । आज बसेको छानबिन समितिको ४०औँ बैठकले बस्नेतलाई समितिको बैठकमा ल्याई सोधपूछ गरको हो ।
समितिका सभापति सुर्य थापाका अनुसार विशेष समितिको कार्यविधिअनुसार बस्नेतसँग सोधपूछ गरिएको हो ।
‘सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज ओरियन्टल, प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य सञ्चालक सुधिर बस्नेतलाई समितिको बैठकमा ल्याई सोधपुछ गरिएको छ’ थापाले भने ।












