नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘टाटा विङ्गरको धमाकेदार अफर’ नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर सजिलै विङ्गर खरिद गर्न सकिनेछ ।
मासिक ६० हजार रूपैयाँ देखिको किस्ताबन्दीमा ग्राहकहरूले विङ्गर खरिद गर्न सक्नेछन् । यो योजना अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।
हरेक दृष्टिकोणबाट ग्राहकहरूलाई सुविधा मिल्ने यो योजनाले विङ्गर खरिदको लागि पर्खिबसेका ग्राहकहरूलाई अत्यन्तै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ । साथै, योजनाको भरपुर लाभ उठाउन सबैमा आग्रह समेत गरेको छ ।
यसै क्रममा टाटा मोर्टसले हालै रि–लञ्च गरेको टाटा विङ्गर १३डी विएस६ नयाँ मोडेलको विङ्गर छोटो तथा लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामूलक रहेको छ ।
सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल/बसेस/प्यानलका प्रडक्ट मेनेजर इन्द्रमणी पोख्रेलले प्रदूषणलाई नियन्त्रण गर्न अत्याधुनिक बिएस६ टेक्नोलोजी भएको यस गाडीमा १०० हर्ष पावरका साथै २०० न्यूटन मिटरको टर्क रहेको जानकारी गराए ।
साथै, भ्यान सेगमेन्टकै उत्कृष्ट प्रफर्मेन्स भएको नयाँ विङ्गरमा गाडी एक फाइदा अनेक रहेको समेत बताए ।
उनको भनाइमा अब मात्र २० प्रतिशतको कम डाउन पेमेन्टका साथै ६ वर्षे किस्ताबन्दीको सुविधा सहित मात्र ६० हजारदेखिको मासिक सरल किस्तामा टाटा विङ्गर खरिद गर्न सबैले सक्नेछन् ।













