हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्ने छन्।
कम्पनीका अनुसार प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन्। यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ।
नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो। लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो।
कम्पनीले भनेको छ ‘आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।’
कम्पनीका अनुसार प्रारम्भिक मूल्य ५५,९६,००० रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।
त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो। यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु 1.2 (S) को मूल्य ४४,९६,००० र भेन्यु 1.2 (SX) को मूल्य ५३,५६,००० कायम गरिएको छ | मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।
कम्पनीका अनुसार साउन २८ गते बाट सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुकहरुले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन्। यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ र कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराईनेछ ।
चाडपर्व नजिकिदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरीका १६ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ।













