Tuesday, September 1, 2026
spot_img

बाढी प्रभावितका लागि नेशनल लाईफ इन्स्योरेनसद्वारा १ करोड ५१ लाख सहयोग

spot_img
नेशनल लाईफ इन्स्योरेनसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ ।
उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा कम्पनीले अनुरोध गरेको छ।
यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफले हार्दिक समवेदना प्रकट गर्दै साथै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत...

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको...

शंकर ग्रुपद्वारा ४ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीबाट प्रभावितहरुको लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार...