Monday, August 31, 2026
spot_img

बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्रीको निर्देशन, १६ टिम परिचालन

spot_img

उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छिन्। ठुलो ठुलो गोदामहरुमानै गएर अनुगमन गर्न यादवले निर्देशन दिएकी हुन्।

सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपद्को समयमा बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताईन्।

नेपालमा पछिल्लो समय ठूलो बाढीपहिरो तथा प्राकृतिक विपद्को अवस्था रहेकाले यही परिस्थितिको फाइदा उठाउँदै बजारमा मनलाग्दी मूल्य बढाउने प्रवृत्ति देखिन सक्ने भन्दै उनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छिन्।

बजार अनुगमनलाई विशेष प्राथमिकताका साथ अघि बढाउन मन्त्रालयले पहिलोपटक १६ वटा अनुगमन टोली गठन गरेको छ। ती टोलीले दैनिक रूपमा बजार अनुगमन गरी त्यसको प्रतिवेदन मन्त्री यादवसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले अनुगमनका क्रममा उपभोक्तामाथि ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन निर्देशन दिएकी छिन्।

कसैलाई ‘मेरो मान्छे हो’ भनेर जोगाउने प्रयास नगरी दोषी देखिए जोसुकैलाई समान रूपमा कानुनी कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिएकी छिन्।

मन्त्री यादवले विगतका सरकार तथा अनुगमन प्रणालीमा देखिएका कमजोरी दोहोरिन नदिन कर्मचारीहरूलाई दृढताका साथ काम गर्न निर्देशन दिँदै प्रभावकारी अनुगमनका लागि बलियो टोली आवश्यक रहेको बताईन्।

उनले अहिले गठन गरिएको १६ वटा टोलीले बजारमा देखिएको मनलाग्दी मूल्यवृद्धि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छिन्।

छलफलमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले अनुगमनका क्रममा कर्मचारी अभाव भए थप जनशक्ति परिचालन गर्न मन्त्रालय तयार रहेको बताए। तर अनुगमन केवल औपचारिकतामा सीमित नभई परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए।

विपद्को मौका छोपेर बजार भाउ मनलाग्दी बढाइएको गुनासो बढ्दै गएको भन्दै सचिव दुवाडीले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित तथा निरन्तर बजार अनुगमन आवश्यक रहेको बताए।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतीराम सापकोटाले मन्त्री यादवको निर्देशनअनुसार विपद् तथा चाडपर्वको समयमा अनुचित रूपमा मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कारबाही गर्न विभाग तयार रहेको बताए।

विभागले गठन गरेका १६ वटा टोलीलाई सक्रिय रूपमा परिचालन गरी बजारको मूल्य, वस्तुको उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्थामाथि निगरानी बढाइने जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड...

बाढी पीडितलाई नागरिक लगानी कोषद्वारा एक करोड एक लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक...

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख रुपैयाँ सहयोग

विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा...

नेपाल इन्स्योरेन्सद्वारा ५० लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको...

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको...

केएल दुगड ग्रुपद्वारा बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट...