Monday, September 7, 2026
spot_img

बाढीले प्रभावित ६ हाइड्रो, सुरुङमा फसेकाको उद्दारको लागि कुनमा के भईरहेको छ ?

spot_img

रसुवागढी बाढीको कारण ११ वटा जलविद्युत आयोजना नराम्ररी प्रभावित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अनुसार रसुवाका ६ हाइड्रो, र नुवाकोटको सौर्य उर्जा सहित ६ वटा आयोजना प्रभावित बनेको छ ।

यी आयोजनामा अझै ८ सय ९४ जना सम्पर्कविहिन छन् । विशेष गरि ठूला जलविद्युत आयोजनाको सुरुङ र पावर हाउसमा धेरै जना फसेको अनुमान छ ।

कुनमा के भईरहेको छ ? 

माथिल्लो त्रिशुली थ्री ए (६० मेगावाट)
माथिल्लो त्रिशुली थ्री ए जलविद्युत केन्द्रको सुरुङमा फसिरहेकाहरूको उद्दार सोमबार पनि जारी रह्यो । २४ घन्टा जारी राखिएको उद्दार कार्यमा अहिलेसम्म केवल टनेल पोर्टल सफा गर्ने काम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सोमबार सुरुङमा क्राउन ब्लाष्ट गरी केवल टनेलमा पानी रहेको पाईएकोले वाटर पम्प सेट प्रयोग गरी डि-वाटरिङ गर्ने कार्य गरिएको छ । टनेलको मुखतर्फ रहेका ढुंगा माटोको थुप्रो हटाइ भित्र प्रवेश गर्ने सकिने मार्ग तयार गर्ने कार्य गरिएको छ । विज्ञ प्राविधिक टोलीले २४ घन्टा काम गरिरहेको भएपनि भित्र फसेकाहरूको उद्दारमा सफलता मिल्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार त्रिशूली थ्री ए मा फसेकाहरूलाई बचाउन सकिने आशले काम गरिरहेको भएपनि सुरुङभित्र पानी भरिएकाले उद्दार कार्य थप चुनौतीपूर्ण बनेको छ ।

रसुवागढी (१११ मेगावाट)
सोमबार नेपाली सेनाले नेतृत्व गरेको टोली रसुवागढी पुगेर विद्युतगृहको सुरुङभित्र प्रवेश गरी अवलोकन गरेको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेको भन्दै नेपाली सेनाको नेतृत्वमा खटिएको उद्दार टोली फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा पुगेको थियो । सुरुङको भित्री भागमा पुगेर ड्रोनमार्फत अवलोकन गर्दा कोही नभेटिएकाले खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको भन्ने खबर छ । रसुवागढीबाट कम्पनीका ४९ जना कर्मचारी सहित ९३ जना हराइरहेका छन् ।

चिलिमे (२२ मेगावाट)
चिलिमे जलविद्युत केन्द्रमा आइतबार बाढीले प्रभावित भएको उद्दार कार्यलाई सोमबार पुनः सुरु गरिएको छ । दिनभर नेपाली सेना, पर्वतारोही, भारतीय प्राविधिक टोली, आयोजनाकै व्यक्ति सहित विद्युतगृहसम्म पुग्ने मार्ग खुलाउने कार्य गरिएको छ । २५० मिटर लामो सुरुङमा ९० मिटर भित्रसम्म पुगेपनि त्यो भन्दा भित्र पुग्न सकिएको छैन । चिलिमे जलविद्युत केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार माग अनुसार के उपकरणहरू लगेर विद्युतगृहको मार्ग खुलाउन दिनभर काम गरिएको छ ।

लाङटाङ खोला (२० मेगावाट)
निजी क्षेत्रको लाङटाङ खोला जलविद्युत आयोजनामा सोमबार नेपाली सेनाको नेतृत्वमा उद्दार टोली पुगेर निरीक्षण गरेको छ । नेपाली सेना, भारतीय सेना, प्राविधिक सहितको उद्दार टोली आयोजना स्थल पुगेको भएपनि सुरुङभित्र फसेकाहरूको उद्दार हुन सकेन । मंगलबार आफ्नोतर्फबाट पनि उद्दारको प्रक्रिया थालिने आयोजनाले जनाएको छ

माथिल्लो त्रिशूली थ्री ‘बी’ (३७ मेगावाट)
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा पनि आइतबारदेखि नै हराइरहेकोहरूको खोजी कार्य जारी राखिएको छ । आयोजनाका सबै संरचना बाढीमा बगेकाले पनि उद्दार कार्यमा सफलता मिल्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार त्रिशूली थ्री बी सँगैको २२० केभी त्रिशूली थ्री बी हब सबस्टेस पनि पूर्णरूपमा क्षति पुगेकाले त्यहाँबाट सम्पर्कबिहिन भएकाहरूको पनि खोजी कार्य भइरहेको छ ।

माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट)
माथिल्लो त्रिशूली–१ मा फसेकाहरूको सोमबार ३ जनाको मात्र उद्धार भएको छ भने हालसम्म उद्धार र सम्पर्क आएकाहरुको संख्या ८७३ छ । यसैगरी परामर्शदाता कम्पनी, ठेकेदार कम्पनीसहित आयोजनाका कर्मचारीहरु गरी ५७३ हराईरहेका छन् । यसमध्ये ३०० जना सुरुङभित्र काम गर्नेहरु हराईरहेका छन् । उनीहरु सुरुङभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने एकिन छैन । सो दिन आयोजनामा करिब साढे १४०० सय जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...