लोमस फर्मास्युटिकल्सले बाढी प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग गरेको छ । बाढीमा परेर घाइते भएका नागरिकका लागि औषधिको अभाव हुन नदिन कम्पनीले आवश्यक औषधि सहयोग उपलब्ध गराएको हो ।
सरकारले गरिरहेको उद्वार तथा राहतमा सहयोग पुगोस् भन्ने हेतुले कम्पनीले अत्यावश्यक औषधि सहयोग गरेको हो ।
विपद् प्रभावित नागरिकलाई तत्काल उपचार सेवामा आवश्यक हुने औषधिको उपलब्धताले राज्यलाई थप सहयोग मिलेको छ ।











