Friday, August 21, 2026
spot_img
spot_img

वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो

spot_img

वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ पिरियडको व्यवस्था राखिएको छ । संसदको अर्थ समितिले नेपाल राष्ट्र बैङ्‍क (तेस्रो संशोधन) विधेयक, २०८३ मा यस्तो प्रावधान राख्ने सहमति गरेको हो।

सहमति अनुसार अब वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी राष्ट्र बैंकको गभर्नर बन्न पाउने छैन । तर वाणिज्य बैंकको सीईओबाट अवकाश व्यक्ति भने अवकाश भएको २ वर्षपछि गभर्नरको लागि योग्य हुने छ। अर्थात् बैंकका सीइओलाई गभर्नर बन्नको लागि २ वर्षको कुलिङ पिरियड व्यवस्था गरिएको छ। हालको कानूनमा भने कुलिङ पिरियडको व्यवस्था छैन ।

विधयेक दर्ता हुँदा यस्तो कुलिङ पिरियडको अवधि ३ वर्षको राखिएकोमा अर्थ समितिले त्यसलाई घटाएर २ वर्ष कायम गर्ने निर्णय गरेको हो । यो व्यवस्था राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर र संचालकको हकमा पनि लागु हुनेछ।

त्यस्तै अब बैंक बैंक वित्तीय संस्थामा ०.५ प्रतिशत भन्दा बढि शेयर हुने व्यक्ति राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर वा संचालक हुन पाउने छैन। हालको ऐनमा  बैंक वा वित्तीय संस्थामा ५ प्रतिशत वा सो भन्दा बढी शेयर भएको व्यक्ति राष्ट्र बैंकको संचालक हुन अयोग्य हुने व्यवस्था छ। विधेयकमा कुनै बैंक वा वित्तीय संस्थामा १ प्रतिशत वा सो भन्दा बढी शेयर भएको व्यक्ति राष्ट्र बैंकको संचालक हुन अयोग्य हुने व्यवस्था राखिएको थियो। अर्थ समितिले विधेयकमा राखिएको १ प्रतिशतलाई अझै घटाएर ०.५ प्रतिशतको व्यवस्थामा सहमति गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा...

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत...

श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’

नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री...

एक महिनामै डेढ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा...

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

‘एलनिनो’ले जलविद्युत, सिँचाइ र खाद्य सुरक्षामै गम्भीर असर पार्दैछ: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको...
spot_img