Friday, August 21, 2026
spot_img
spot_img

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

spot_img

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले ‘द अल–न्यू प्रोटोन इ.मास ५’ पनि सार्वजनिक गरेको छ ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ ।

हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधा उपलब्ध छन्। त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिककरण समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गरेका हुन् ।

कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले जनकपुरका ग्राहकहरूमाझ प्रोटोन इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताउँदै आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ.मास ५ यस क्षेत्रका ग्राहकहरूको रोजाइमा पर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको छ । अब वीरगञ्जमा सार्वजनिक हुनेछ । यससँगै नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ सार्वजनिक हुनेछ ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३२.९९ लाख तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३६.९९ लाख निर्धारण गरेको जनाएको छ ।

अब इच्छुक ग्राहकहरूले जनकपुरस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर इ.मास ५ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। ग्राहकहरूले सोरुममै पुगेर गाडीका आधुनिक प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे विस्तृत जानकारीसमेत प्राप्त गर्न सक्नेछन् ।

नेपालभर प्रोटोनको उपस्थितिलाई थप विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने जगदम्बा मोटर्सको अभियानअन्तर्गत जनकपुरको नयाँ सोरुम शुभारम्भलाई अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा...

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत...

श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’

नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री...

एक महिनामै डेढ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा...

वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो

वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ...

‘एलनिनो’ले जलविद्युत, सिँचाइ र खाद्य सुरक्षामै गम्भीर असर पार्दैछ: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको...
spot_img