Saturday, August 1, 2026
spot_img

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधिप्रति नाडाको चिन्ता

spot_img

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित असहज परिस्थितिप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको स्मरण गराउँदै नाडाले सामाजिक एकता र राष्ट्रिय सद्भाव नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ ।

‘विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै परिचित रहँदै आएको छ’ नाडाले भनेको छ, ‘यहीँ सामाजिक एकता र राष्ट्रिय सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।’
नाडाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको पनि नाडाले स्मरण गराएको छ । कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने नाडाको भनाइ छ ।

यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पुर्याउनुका साथै आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्ने भन्दै चिन्ता जाहेर गरेको छ ।

नाडाले संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको समाधान खोज्न आग्रह पनि गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img