Tuesday, July 28, 2026
spot_img

विद्युतीय र डिजेल-पेट्रोल गाडीको छुट्टाछुट्टै बीमा प्रिमियम तोकिँदै, महँगो हुनसक्छ ईभीको बीमा

spot_img

नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन र डिजेल पेट्रोल सवारी साधनको बीमा प्रिमियम फरक–फरक हुने गरी निर्देशिका ल्याउने तयारी तीव्र पारेको छ । केही समय अघिदेखि नै यस सम्बन्धि तयारी अघि बढाएको प्राधिकरणले अहिले भने गाडीहरुको बीमा बापतको ‘मागदाबीको तथ्याङ्क’ केलाउने काम गरिरहेको छ ।

अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन र सरोकारवालासँग छलफल सकियो
बीमा प्राधिकरणले ईभीको बीमाका लागि छुट्टै निर्देशिका जारी गर्न अन्तर्राष्ट्रिय अभ्यास के छ भनेर अध्ययन गरिसकिएको जनाएको छ । प्राधिकरणका निर्देशक एवम् बीमालेख महाशाखाका प्रमुख निर्मल अधिकारीका अनुसार विदेशमा आईसी गाडीको तुलनामा ईभीको बीमा प्रिमियम केही बढी रहको पाइएको छ ।

‘विदेशको अभ्यास पनि हामीले अध्ययन ग¥यौँ, त्यस क्रममा ईभीको बीमा प्रिमियम आइस गाडीको भन्दा बढी हुने गरेको पाइयो’ उनले भने, ‘विदेशमा चालकको प्रशिक्षण, सडक सुरक्षामा विशेष ध्यान दिइने जस्ता कुराहरुले ईभीको प्रिमियम बढी हुँदो रहेछ । हामीकहाँ त्यत्तिको एडभान्स त छैन, आईस र ईभीको हकमा प्रिमियम फरक गर्नुपर्ने समय चाहिँ भइसकेको छ ।’

साथै, प्राधिकरणले सरोकारवालासँग एक चरणको छलफल पनि सकिसकेको छ । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल, नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसियशन (नाइमा), नेपाल बीमक संघ लगायतका संघ संस्थासँग एक चरणको छलफल भइसकेको प्राधिकरणका निर्देशक अधिकारीले बताए । त्यस क्रममा आएका सुझावहरु समेत समेटेर निर्देशिकालाई अन्तिम रुपम दिने तयारीमा प्राधिकरण देखिएको छ ।

पछिल्लो ५ वर्षको दाबी तथ्याङ्क अध्ययन गरिँदै
प्राधिकरणले ईभीका लागि छुट्टै बीमा पोलिसी निर्धारण गर्नुभन्दा अगाडि स्पेयर पाट्र्स र सर्भिसमा लाग्ने खर्च तथा बिक्री मूल्यलाई आधार बनाउने बताएको छ । साथै, प्रिमियम तय गर्दा कस्तो मोडल अपनाउने भन्ने विषयका लागि प्राधिकरणले अहिले पछिल्ला वर्षहरुको मोटर बीमाको दाबी (क्लेम) अध्ययन गरिरहेको छ ।

‘नेपालमा ईभीको प्रयोग हुन थालेको ८÷९ वर्ष भएपनि पछिल्लो तीन÷चार वर्षयता मात्रै ईभीको प्रयोग ह्वात्तै बढेको हो’ निर्देशक अधिकारीले भने, ‘त्यहीँ भएर हामीले पछिल्लो चार÷पाँच वर्षको क्लेमको डेटा अध्ययन गरिरहेका छौँ ।’

उनका अनुसार दुर्घटना भएर आईस वा ईभी कुन गाडीको मागदाबी धेरै परेको छ ? मागदाबी गर्दाका समानता के छन् ? फरक के छन् ? ईभीमा पनि कस्ता ईभीको मागदाबी धेरै छ ? त्यसरी मागदाबी आउने अवस्थाको घटना वा दुर्घटनाको प्रकृति के कस्तो छ ? लगायतका विषयमा अहिले प्राधिकरणले अध्ययन गरिरहेको छ ।

‘पहिलो एकाध वर्ष ट्रायलका रुपमा पनि हेर्नुपर्छ कि भनेर छलफल भइरहेको छ’ निर्देशक अधिकारीले भने, ‘अहिले ईभी र आईस गाडीको बीमा बीमा प्रिमियम एउटै छ । भइरहेको छलफलमा पनि बढ्ने वा नबढ्ने भन्ने विषय टुङ्गिएको चाहिँ छैन । तर, केही न केही फरक गर्नुपर्छ भन्ने चाहिँ देखिएको छ ।’

प्रिमियम बढाउनुपर्ने बीमकको निष्कर्ष
नेपाल बीमक संघले सर्भेयर, बीमक र गाडी व्यवसायीबीच छलफल हुँदा प्रस्तुत गरिएको तथ्याङ्कले पनि ईभीको प्रिमियम बढाउनुपर्ने देखिएको बताएको छ । संघका अध्यक्ष बीरेन्द्र बहादुर बैदावरका अनुसार गाडी आयातकर्ता व्यवसायीहरुले विगतमा ब्याट्री र प्रविधिका कारण ईभीको बीमा दाबी धेरै परेको देखिएपनि अब उच्च गुणस्तरको प्रविधि र ब्याट्री पनि सोही अनुसारको आउने क्रम सुरु भइसकेकाले प्रिमियम बढाउनु नपर्ने दाबी गरेका छन् ।

‘उहाँहरुले त्यसो भनेपनि ईभीको हकमा एभ्रिथिङ ब्याट्रीमै डिपेन्ड हुन्छ, ब्याट्री वा त्यसको सिस्टममा इरर आउनासाथ सिसा समेत खुल्दैन’ उनले भने, ‘यसकारण बरु भविष्यमा क्लेम रेट घट्यो भने प्रत्येक दुइ तीन वर्षमा बसेर घटाउनुपरे घटाउँला, बढाउनु परे बढाउँला । अहिले तत्कालको समयमा चाहिँ प्रिमियम बढाउनुपर्छ भन्ने हाम्रो कुरा छ । तर, निष्कर्षमा पुग्न बाँकी छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...

पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको...

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ...
spot_img