आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ६ सय ५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ६ सय ९५ रुपैयाँ तोकिएको छ ।









