नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ। महासंघका कार्यकारिणी समिति सदस्य प्रियराज रेग्मी सभापति रहने गरि २०८३ देखि २०८५ सम्मको लागि पुँजीबजार समिति गठन भएको हो। सभापति प्रियराज रेग्मी ब्रोकर नम्बर ५० क्रिस्टल कन्चनजङ्गा सेक्युरिटिज प्रालिका अध्यक्ष पनि हुन् ।
समितिको सदस्यमा महासंघ कै कार्यकारिणी समिति सदस्य तथा ब्रोकर संघका अध्यक्ष सागर ढकाल, मर्चेण्ट बैंकर्स एशोसियशन अफ नेपालका अध्यक्ष तथा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी, नेपाल प्राइभेट इक्विटी एशोसियशनका अध्यक्ष तथा अवसर इक्विटी फण्डका अध्यक्ष ध्रुब तिमल्सिना, ब्रोकर संघका पूर्व अध्यक्ष तथा ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनाली रहेका छन् ।
त्यस्तै भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमल्सिना, आर्यतारा इनभेष्टमेण्ट तथा सेक्युरिटिजका अध्यक्ष रामचन्द्र भट्टराई, अधिवक्ता ज्योति दाहाल, रिलायबल इनभेष्टमेण्ट एण्ड मर्चेण्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, हाथवे इन्भेष्टमेण्ट नेपालका प्रमुख कार्यकारी अधिकृत सन्दिप शाह, इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल, र अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवाल रहेका छन् ।
समितिको अन्य सदस्यमा रवि महर्जन, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा, कन्काई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की, र बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार शाह रहेका छन् । संजिव मानन्धर समितिको आमन्त्रित सदस्यको रुपमा रहेका छन् ।
महासंघले समितिका सदस्यहरुलाई मनोनयनपत्र प्रदान गरिसकेको छ।









