आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ९१ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १ सय ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ ।









