आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट १० अर्ब ३५ करोड १६ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकार संकलन भएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा पुँजीगत लाभकर ३७.४२ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८१/८२ मा १६ अर्ब ५४ करोड पुँजीगत लाभकर संकलन भएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा साउनमा सबैभन्दा धेरै २ अर्ब १५ करोड पुँजीगत लाभकर संकलन भएको थियो भने असोजमा सबैभन्दा कम २४ करोड ३६ लाख लाभकर संकलन भएको थियो।









