Thursday, July 23, 2026
spot_img

विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु

spot_img

एसटीसी अटो सोलुसनले बी. एम. ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्रको जिम्मेवारी तोकेसँगै विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिकले मलगंवामा पनि उपस्थिति जनाएको छ । यससँगै ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी निर्मित एम्पियरको आधिकारिक बिक्री तथा सेवा मलंगवामा सुरु भएको छ ।

एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियान अन्तर्गत मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले राजश्री चोक, मलंगवास्थित बी. एम. ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्र नियुक्त गरेको छ । नयाँ शोरुमबाट ग्राहकहरूले स्कुटर अवलोकन, टेस्ट राइड, खरिद तथा बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

एम्पियरले छोटो समयमै नेपालका विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। एसटीसी अटो सोलुसनसँगको सहकार्यमार्फत कम्पनीले गुणस्तरीय विद्युतीय सवारी, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । एम्पियर इलेक्ट्रिक भारतको अग्रणी विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी अन्तर्गतको प्रिमियम ब्रान्ड हो । उत्कृष्ट प्रविधि, उच्च गुणस्तर र आधुनिक डिजाइनका कारण यस ब्रान्डले इलेक्ट्रिक स्कुटर अफ द इयर लगायत विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको छ ।

एम्पियर स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फस्फेट ब्याट्री सुरक्षित, टिकाउ तथा लामो आयु भएको ब्याट्री प्रविधि मानिन्छ । यी ब्याट्रीहरू माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएका छन् । साथै ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको छ।

हाल नेपालमा एम्पियरका ३ मोडल उपलब्ध छन् । एम्पियर नेक्सस इएक्सको मूल्य ३ लाख ३५ हजार, नेक्सस इएक्स प्लसको मूल्य ३ लाख ४५ हजार र म्याग्नस जी म्याक्सको मूल्य ३ लाख १५ हजार तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ ।...

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना...

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर...

नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय...

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...
spot_img