नेपालको फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड ‘लामिनार’ले काठमाडौँ उपत्यकाभित्र थप दुईवटा एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ । लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साङ्खुस्थित सुपर सप्लायर्स प्रा.लि. र गोकर्णेश्वर नगरपालिका, जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी दुई नयाँ शोरुमहरू सुरु गरेको हो ।
बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स हुन् । निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । लामिनार शोरुमहरूमा फुल–बडी, एन्टिब्याक्टेरियल सर्फेस र हाइ ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन् ।
यी शोरुमहरू विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका हुन् । शोरुममा टाइल छनोट गर्दा कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर परामर्श दिने कार्यलाई पनि प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले भने, ‘लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन् । अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ ।’
त्यसैगरी, सुपर सप्लायर्स प्रा.लि.का अध्यक्ष भँवर लाल बिश्नोईले आजकल ग्राहकहरू टाइल किन्दा डिजाइन मात्र नहर्ने र यो कत्तिको टिकाउ छ र सफा गर्न कत्तिको सजिलो छ भन्ने कुरा पनि हेर्न थालेको बताए । उनका अनुसार यो शोरुमले ग्राहकलाई त्यही कुरा बुझाउन मद्दत गर्नेछ ।
‘हामी अहिले स्थानीय स्तरबाटै गुणस्तरीय टाइल्स बिक्री वितरण गरिरहेका छौँ । हामी यी टाइल्सहरू नेपालमै उत्पादन गर्छौँ । गुणस्तरमा कुनै सम्झौता नगर्नुु नै हाम्रो मुख्य मन्त्र हो’ लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने ।
यस्तै, बंसल टाइल्स एन्ड ग्रेनाइट हबका अध्यक्ष निशान्त अग्रवालले ग्राहकले टाइल छनोट गर्ने तरिकामा स्पष्ट परिवर्तन देखिएको भन्दै डिजाइन बाहेक उनीहरू टिकाउपन, मर्मतसम्भारको सहजता, सुरक्षा र प्रमाणीकरणका बारेमा पनि स्पष्ट हुन चाहने बताए ।
लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाललाई थप विस्तार गर्ने र उपयोगिता अनुसार टाइल बुझ्ने र छनोट गर्ने प्रक्रियालाई अझ व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी शोरुमहरू विस्तार गर्ने लक्ष्य लिएको छ।









