आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३ सय ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ९७ रुपैयाँ तोकिएको छ ।












