नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोपान फर्मासुटिकल्स लिमिटेडको शेयर सूचीकृत भएको छ । आज शुक्रबार कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९२.१५ रुपैयाँदेखि २७६.४५ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (SOPL) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।












