Sunday, August 2, 2026
spot_img

सुनको भन्सार शुल्क दोब्बर बढ्यो, विलासिता कर र हिराको भ्याट भने खारेज

spot_img

नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी, हिरा तथा गहनासम्बन्धी कर तथा शुल्कमा नयाँ व्यवस्था गरेको छ ।

जस अनुसार  २०८२ साल भदौ २ गतेअघि प्रचलित कानुन बमोजिम बिक्री गरिएको सुन तथा सुनका गहनामा लागेको विलासिता शुल्क तथा हिरा, जवाहरात, रत्न तथा पत्थरमा लागेको मूल्य अभिवृद्धि कर (VAT) बिक्रीमा समायोजन नभएको अवस्थामा स्वतः मिनाहा हुने व्यवस्था गरिएको छ। त्यस्तै सुनका गहनामा लाग्दै आएको विलासिता शुल्क तथा हिरामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (VAT) खारेज गरिएको छ।

आर्थिक वर्ष २०८३/८४ देखि सुन तथा चाँदी दुवैमा सीप प्रवर्द्धन शुल्क बापत ०.५ प्रतिशत असुल गरिने व्यवस्था गरिएको छ। त्यस्तै सुनको भन्सार १० प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको छ । त्यस्तै चाँदीको भन्सार पनि बढाएर २० प्रतिशत र हिराको भन्सार दर बढाएर ५ प्रतिशत कायम गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img