सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार के.सी. नियुक्त भएका छन्। बैंकको जेठ १० गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार जेठ ११ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो । उनी यस अघि बैंक कै डेपुटी सीइओ थिए।
उनीसँग बैंक तथा बित्तिय संस्थामा करिब २२ बर्ष भन्दा बढीको कार्य अनुभव छ । उनीसँग मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंक लि.को आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ ।












