आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३३० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३३८ रुपैयाँ तोकिएको छ ।












