Saturday, July 11, 2026
spot_img

भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएपनि हामीलाई असर पर्दैन (भिडियो)

spot_img

भारत सरकारले चिनीको निकासीमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर नपर्ने उद्योगीहरुले बताएका छन् । नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बिजनेश पानासँग कुरा गर्दै भारत सरकारको चिनीको निकासीमा प्रतिबन्ध लगाएपनि नेपाललाई असर नपर्ने बताएका हुन् ।

नेपालका उद्योगसँग पर्याप्त स्टक रहेको र उद्योगबाट चिनी बिक्रीका लागि लगेका स्टोरहरुमा पनि स्टक रहेका कारण तत्काल असर नपर्ने उनको भनाइ छ । उनका अनुसार नेपालमा वार्षिक २ लाख ७५ हजार मेट्रिक टन चिनी खपत हुँदै आएकोमा अझै ८० हजार मेट्रिक टन स्टकमै रहेको छ ।

‘अहिलेसम्म भारतबाट ७० हजार टन चिनी आयात भइसकेको छ’ उनले भने, ‘हामीसँग पनि पर्याप्त स्टक छ । यसकारण बजारमा अभाव हुने सम्भावना छैन । मूल्य पनि अत्याधिक बढ्ने देखिँदैन । तर, चिनी भनेको कमोडिटी भएकाले क्यारिङ कस्ट, बीमा, बैंकको ब्याज, स्टोर चार्ज लगायतका कारण सिजनको तुलनामा अफसिजनमा ४ रुपैयाँ, ५ रुपैयाँसम्म बढी पर्नु स्वभाविक हो ।’

भारतले २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...
spot_img